अवतार वचत तथा ऋण सहकारी संस्था लि ,सहकारीको सिद्धान्त र मूल्य मान्यता अनुरुप समुदायमा आधारित भई संचालन रहेको प्रारम्भीक सहकारी संस्था हो । वि.सं.२०६७ श्रावण १३ गते डिभिजन सहकारी कार्यालय मकवानपुर मा दर्ता भई आज सम्म आईपुग्दा यस अवतार साकोसले १४ औँ बसन्त पार गरी सकेको छ । स्थापना कालमा २० जना पूरुष र ५ जना महिला गरी जम्मा २५ जना सदस्य र ६ लाख रुपैयाँ शेयर पूँजीबाट निजगढ गा.वि.स. कार्य क्षेत्र र एउटा कार्यालयबाट शुरुवात भएको यो साकोस हाल ३० करोड भन्दा बढीको कारोबार सहित सदस्यहरु बिच सेवा गर्दै आईरहेको छ । बचत र ऋणको अलवा मोवाइल बैकिंङ्ग, क्यू आर कोड, रेमिट आदी सेवा संचालन गरी सदस्यहरुमाझ सेवा प्रदान गरिरहेको र भरखरै ५ वर्षे रणनिती योजना निर्माण गरी आगामी ५ वर्षको लागि बाटो तय गरेका छौँ भने साकोसको वेबसाईट समेत निर्माण गरेका छौँ ।
यस संस्था तत्कालिन अवस्थामा समूदायमा छरिएर रहेको पूँजीलाई संकलन गरी सदस्यहरुको वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यका साथ शुरु भएको थियो । सहकारी ऐन, नियमावली, मापदण्डको दायरा भित्र रही समय सापेक्ष नविनतम सोच र कार्यशैलीलाई अंगिकार गर्दै संस्था सवल र सुरक्षित व्यवसायिक संस्थाको रुपमा स्थापित गर्न निरन्तर प्रयत्नशिल छौँ । संस्थाले सदस्य माझ वित्तीय सेवाका साथै विविध सामाजिक क्रियाकलाप र सेवाहरु प्रदान गर्दै आईरहेको छ । संस्थाको सेवा सुविधालाई अझै परिस्कृत र प्रविधि मैत्री बनाउने तर्फ आगामी दिनहरुमा हाम्रो अथक प्रयास जारी रहने छ । सदस्य र समुदायको हितको लागि हामीलाई प्राप्त सल्लाह, सुझाबलाई कार्यान्वयनको लागि सदा अग्रसर रहने समेत विश्वास दिलाउन चाहन्छौँ ।