Top
053-540417
Mon-Sat: 9.00-18.00
"मर्यादित सहकारी : समुन्नत समाज "

पृष्ठ-भूमि

  

निजगढ को कला सिप र स्वाभिमान रोजगार र सम्बृद्धि हाम्रो अभियान भन्ने मूल नारा लिई अवतार वचत तथा ऋण सहकारी संस्था लि निजगढ ८, बारा को स्थापना बि.सं.२०६७ सालमा २५ जना स्थानिय समाजसेवी, राजनैतिक, ब्यवसायीक तथा समाज अग्रज ब्यक्तित्वहरुसँग भएको जम्मा रु ६,९५,०००/– पुँजी जम्मा गरी, मिति २०६७ साल श्रावण १३ गते डिभिजन.सहकारी कार्यालय मकवानपुरबाट दर्ता भई सोही बर्षको कार्तिक ७ गते  बाट कारोवार सुरु गरिएको थियो । यस संस्थाको दर्ता नं. ८८३- ०६७/०६८ हो । यस संस्थाको स्थायी लेखा नं: ३०४३५२६६७  रहेको छ । त्यस  समयदेखि २५ जना सदस्यहरुले शेयर  रकम संकलन गरी कारोवार शुरु गरेको यो संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै हाल सम्म १४  औ बसन्त पार गरिसकेको छ । तत्कालिन समयमा निजगढ  गा.वि.स. कार्यक्षेत्र रहेकोमा अहिले यस संस्थाको कार्यक्षेत्र निजगढ नगरपालिका  भरि रहेको छ ।  

उक्त समयमा यस संस्था स्थापना गर्नुको मुख्य उद्देश्य समुदायमा साहु महाजनको चर्को ब्याजदरबाट सर्बसाधारणलाई उन्मुक्ति दिलाउँदै  निजगढ का समुदाय को  आर्थिक अबस्थालाई सुधार गर्नु तथा सर्ब साधारणमा वित्तीय  क्षेत्रको पहुँच बढाउनु रहेको थियो । यो उद्देश्य हाल आएर पनि उतिकै सान्दर्भिक रहेको छ । हाल अवतार वचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालय निजगढ ८,बारामा रहेको छ भने सदस्यहरुको सेवाको लागी १  वटा सेवाकेन्द्र भरतगंज सिंगोलमा  संचालनमा रहेका छन ।   संस्था विकासको लागि हाल सम्मको प्रयासहरुमा सदस्यहरुको चाहना बमोजिम विभिन्न  प्रकारका बचत खाता सञ्चालन, सदस्यहरुको माग अनुसारको सदस्यहरुलाई प्रविधि मैत्री मोवाईल बैंकिङ सेवा प्रदान गरिएको,संस्था शुसासनमा राख्नको लागि नियमित पल्र्स विश्लेषण गरिएको, जतिसुकै रकम राख्न र झिक्न सकिने व्यवस्था रहेको तथा  बिप्रेषण सेवा सञ्चालन तथा रास्ट्रीय सहकारी बैंक, निजगढ नगरपालिकाद्धारा सम्मान गरिएको छ ।

यस संस्थाले पटक  पटक सदस्यहरुको लागि सिपमुलक  तालिम सम्पन्न गरेको, नियमित रुपमा सदस्य शिक्षा कार्यक्रम संचालन गरिरहेको छ ।   प्रारम्भमा संस्थाको अध्यक्ष श्री केशर बहादुर लामा (निजगढ ७, बारा)  र त्यस पछि १३  औं साधारण सभाबाट संस्थाका अध्यक्ष श्री अजय लामा  रहनु भएको छ । अबका दिनमा पूर्ण तथा व्यवसायिक साकोस बिकास कार्यक्रमलाई निरन्तरता दिदैं सफलता प्राप्त गरी समुदायमा आधारित सुरक्षित तथा स्वस्थ्य संस्था निर्माण गर्नको लागि  प्रथम रणनीतिक योजना तर्जुमा गरी यसै अनुसार अगाडि बढ्ने हाम्रो आजको प्रमुख कार्यभार रहेको छ ।

 


    


© Foreign Exchange Rates
Contact Info
  • निजगढ नगरपालिका ७ सहिद चोक निजगढ बारा
  • ०५३-५४०४१७
  • avatarsaving@gmail.com
  • Mon - Sat 09:00 - 17:00